9844698505
Follow Us On :

पिरो खानुहुन्छ ? याद राख्नुहोस् यी कुराहरु

red chilli को छविको परिणाम

पछिल्लो समय सामाजिक संजालहरुमा अत्यधिक पिरो खाने ‘च्यालेन्ज’ भाइरल बनिरहेको छ । यसमा युवाहरुले विशेषगरी दुई गुणा पिरो भनिने ‘स्पाइसी राम्यन’ अर्थात् कोरियन ब्रान्डको चाउचाउ खाइरहेका छन् । स्वादमा मिठो र अत्याधिक पिरो यो खानेकुराले चाख्न जोकोही उत्साहित हुने गरेको छन् । तर हप्तौँसम्म पिरो मात्र खाइरहनुले भने स्वास्थ्यमा गम्भीर क्षति पुर्याउन सक्छ ।

 

 

केही समय अगाडि मात्र मलेशियाका एक व्यक्तिले फेसबुक पोस्टमा आफ्नी पत्नीले प्रत्येक हप्ता अत्यन्तै पिरो राम्यन खाने गरेकाले धेरै पेट दुखेको र अन्त्यमा अस्पताल भर्ना हुनुपरेको लेखेका थिए । सो पोस्टका अनुसार ती व्यक्तिकी पत्नीले पिरो हुँदैन भन्दै एउटा बाउल पूरै राम्यन सुपसहित सिध्याउने गर्थिन् । यसैगरी एक २२ वर्षीय अमेरिकी र्यापरले पनि आफूले लगातार पिरो चिप्स खाएका कारण उपचार गराउनुपरेको बताएका थिए । उनका अनुसार नियमित अत्याधिक पिरो चिप्स खाइरहनुले उनको पेटभित्रका केही अङ्गमा गम्भीर असर परेपछि उनले रगत बान्ता गरेका हुन् । यसपछि उनले सबैलाई सचेत रहन भन्दै यसबारेमा लेखेका थिए । यस किसिमले स्पाइसी खाने च्यालेन्जको पछाडि लाग्दा बिरामी हुनुपरेको धेरै घटनाहरु छन् ।

korean ramen noodles recipe को छविको परिणाम

‘योर्कटेस्ट ल्याबोरेटरिज’ की न्युट्रिसनल थेरापिस्ट एलिसन ओर भन्छिन्, “थोरै मात्रामा पिरो खानुले कुनै समस्या गराउँदैन । तर अधिक मात्रामा पिरो सेवन गर्नु घातक साबित हुन सक्छ । ” यसका कारण अल्सर समेत हुन सक्ने उनी बताउँछिन् । हामीले एकदम पिरो खानेकुरा खाँदा दिमागमा ‘दुखाइ’ भन्ने सिग्नल पुग्ने गर्दछ जसपछि शरीरले कुनै विषाक्त निलेपछिको जस्तो प्रतिक्रिया गर्न सुरु गर्छ । यसमा शरीरका सबै हर्मोनहरुले उक्त पदार्थलाई बाहिर निकाल्ने प्रयास स्वरुप बान्ता वा पखाला गराउने गर्दछन् ।

red chilli को छविको परिणाम

२०१६ मा एक व्यक्तिले खुसार्नी खाने प्रतिस्पर्धामा भाग लिँदा ‘एसोफेगस’ अर्थात खानेकुरालाई मुखबाट पेटसम्म पुर्याउने क्यानल नै प्वाल परेको थियो । उनले लगातार पिरो खाइरहनुले नै घाँटी पोलेर त्यस्तो भएको थियो । त्यस्तै पिरोले आइबीएस, ‘बवेल सिन्ड्रोम’ को लक्षणलाई पनि सक्रिय पार्न सक्छ जसले हामीलाई पिडा र असहज गराउँछ । यसका कारणले मान्छेको दिशामा समस्या हुने गर्दछ । थोरै मात्रामा र कहिलेकाहिँ खाँदा पिरोका विभिन्न फाइदा छन् तर नियमित अत्यन्तै पिरो खानेकुरा सेवन गर्नुले भने अनावश्यक रुपमा स्वास्थ्यमा हानि पुर्याउँछ ।